साउन ११- काठमाडौं । नागरिकता संशोधन विधेयक फिर्ताको माग गर्दै एमआरआर ग्रुपका स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका छन् ।
बुधबार बिहान एमआरआर नामक सामाजिक संजालका स्वतन्त्र युवाहरुले माइतीघरमा नागरिकता विधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले सकेन बा सकेन विदेशी दलालीसँग सकेन, आयो आयो सस्तोमा नागरिकता आयो मात्र सय ३ वटा, ए हजुर कता सस्तोमा नागरिता यता लगायतको प्लेकार्ड बोकेका थिए ।प्रतिनिधिसभाबाट विवादित नागरिकता संशोधन विधेयक पारित भएपछि देशभर विरोध भइरहेको छ ।
Post Views: 1,169