झापा । झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
कचनकवल गाउँपालिका ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।
स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए । यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।
झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔
सम्बन्धित समाचार

परराष्ट्र मन्त्रालयका कृष्णकुमार सुवेदीलाई दोहामा स्वागत
२ महिना अगाडि

कविता : व्याकरण र म
२ महिना अगाडि







