अर्घाखाँचीमा पौडि खेल्ने क्रममा डुबेर २० बर्षीय युबककोे मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

अर्घाखाँची । अर्घाखाँचीमा पौडि खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सितगंगा नगरपालिका वडा नं. १२ मा रहेको कोन्द्रेखोलामा पौडि खेल्ने क्रममा मालारानी गाउँपालिका वडानं.४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास गर्ने अन्दाजी २० बर्षीय बिक्रम खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिनुभयो ।

सनिवार दिउँसो ३ बजे पौडि खेल्ने क्रममा खोलामा डुबि बेपत्ता भएका खनाललाई ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोहि स्थानमा अचेत अवस्थामा फेलापारी उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तु पठाइएको थियो ।

खनालको उपचारको क्रममा साँझ ५ बजे सोही अस्पतालमै मृत्यु भएको प्रहरी निरीक्षक चौलागाईले बताउनुभयो । शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...