अर्थमन्त्री शर्मालाई मन्त्री पद छाडेबापत सरप्राईज दिने प्रचन्डको अर्को प्रस्ताव

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्मालाई हटाएर अर्को ठूलो सरप्राइज दिने तयारी गरेका छन् ।

प्रचण्डले पार्टी महासचिवको दाबेदार अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा विवादमा तानिएको र सत्तारुढ दलबाटै राजीनामा मागिएकोले पद जोगिने सम्भावना न्यून रहेकाले उनलाई हटाएर महासचिव बनाउने तयारी गरेका स्रोतले बताएको हो ।

दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री शर्माको निरन्तरताको लागि आग्रह गरेका छन् । र, प्रधानमन्त्री देउवा पनि दाहालको आग्रहमा सकारात्मक भएपनि चौतर्फी प्रश्न उठेपछि बाध्यात्मक अवस्था आएको भन्दै हटाउने तयारीमा लागेका छन् ।

दाहालले यदि शर्मा अर्थमन्त्रीबाट हट्नुपर्ने अवस्था आए उनको ठाउँमा वर्षमान पुनलाई नियुक्त गर्ने र शर्मालाई पार्टीको महासचिव बनाउनेगरि मुभ गरेका छन् । माओवादीमा अहिले संगठनलाई चलाउनसक्ने नेताको रुपमा पुन र शर्मा नै देखिएका छन् ।

दाहाललाई यी दुईमध्ये एक छान्नपनि सकस नै छ । यही सकसको कारण नै महाधिवेशन भएको यतिका महिना बित्दा समेत पदाधिकारी चयन हुन नसकेको कतिपय नेताले आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...