कल्पित सुवेदी ( राजु ) नवलपुर । सार्वजनिक सवारीमा भाडा लिष्ट नटास्ने र धरै भाडा लिनेलाई नवलपुर प्रशासनको कडा अनुगमन गरेको छ । नारायणगढ देखि डन्डा सम्म गुड्ने छोटा तथा कावासोती भएर गुड्ने लामो दुरी चल्ने सवारी साधनले भाडा लिष्ट नटासेको पाईएको छ । मंगलबार बिहान नवलपुर प्रशासन, यातायात व्यवस्था सेवा नवलुर, जिल्ला ट्राफिक नवलपुर , जिल्ला प्रहरी कार्यलय नवलपुर, पत्रकार लगायत भएर गरिएको अनुगमनमा अधिकांश सार्वजनिक सवारी साधनले भाडा लिष्ट नटासेको पाईएको छ भने केही सवारीले भाडा धेरै लिईएको पाईएको छ ।
अनुगमनमा भाडा नटासेका सार्वजनिक सवारीलाई सचेत गराईएको छ भने रुट प्रमिट भन्दा अन्यत्र ठाउको नाम लेखी यात्रु ठग्ने सवारीलाई पनि सचेत गराएर मेट्न लगाईएको छ ।
ताकिए भन्दा धेरै भाडा लिने र आवश्क कागज नबोकी सवारी चलाउने दुई सवारीलाई कारवाही गरिएको छ भने बाकी ९ सवारी साधनको आवश्यक कागज ल्याउनु भनि यातायात व्यवस्था सेवाले कागजत लिएको छ ।
अनुगमनको क्रममा कावासोती आसपासका निजी बिद्यालयको बिद्यार्थी बोक्ने सवारी साधनले लाईसेन्स र बिलबुक लगायत केही नबोकेको पाईएको छ ।
ति सवारीहरुलाई पनि सचेत गराईएको र आवश्यक कागज लिएर यातायात व्यवस्थामा हाजीर हुन लगाईएको यातायात व्यवस्था सेवा कार्यलयका नासु कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो । सम्बन्धी गुनासो आएपछि जिल्ला प्रशासनको नेतृत्वमा सवारी साधनको अनुगमन गरिएको थियो ।