टोकियो,जापान । नवलपरासी समाज जापानले दोस्रो अधिबेशन तथा सामुहिक बनभोज कार्यक्रम गर्नेभएको छ । टोकियोको शिनागावा सिटिको मिनातोगाओका फुतो पार्कमा कार्यक्रम गर्नलागेको आयोजकले बताएकाछन् ।
विश्व महामारी कोभिडले गर्दा लामो समयदेखी सामूहिक भेटघाट नभएको परिप्रेक्ष्यमा नेपाली भाईचारालाई अझ प्रगाढ बनाउने उद्देश्यले बार्बिक्यु कार्यक्रम जुलाई १३ तारिख गर्नलागिएको कार्यक्रमका संयोजक हरी सापकोटाले बताउनुभयो ।
नवलपरासी समाज जापानका सचिब ॠषि पौडेलले दिएको जानकारी अनुसार बार्बिक्यु कार्यक्रम सँगै नवलपरासी समाज जापानको कोभिडको कारणले हुन नसकेको दोश्रो अधिबेशन पनि सोही दिन एकै साथ सम्पन्न गरिने बताउनुभयो । नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कंडेलले जापान रहनु भएका जिल्लाबासी सँगै जापानमा रहनु भएका नेपालीहरु लाई पनि बार्बिक्यु कार्यक्रम तथा दोस्रो अधिबेशनमा उपस्थित भैदिनुहुन अनुरोध गर्नु भएकोछ ।