डुम्रे–बेशीसहर सडकखण्डमा दुई ठाउँमा पहिरो, आवागमन प्रभावित

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

डुम्रे–बेशीसहर सडकखण्ड अन्तर्गत आज दुई ठाउँमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–८ बलिफाँटमा आज बिहान सडक भाँसिदा सवारी आवागमन प्रभावित भएको हो ।

बिहानैबाट रोकिएको सवारी साधन पहिरो गएको आसपासमै रोकिएको प्रहरी चौकी पुर्कोटले जनाएको छ । यस्तै, डुम्रे–बेशीशहर सडकखण्ड अन्तर्गत लम्जुङको बेशिसहर नगरपालिका–१ उदिपुरमा पनि आज बिहान झरेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ ।

बिहान साढे ५ बजे अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको अस्थायी प्रहरी पोष्ट उदिपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...