सुदुरपश्चिम प्रदेशमा तय भएको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा गएको नेपाली सेनाको हेलिकप्टरको इन्धन आकाशमा नै सकिएको छ । केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट धनगढीका लागि चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको हो । हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो, उक्त हेलि करिब २० मिनेट जति भैरहवामै बसेको बताइएको छ । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उड्नुभएको थियो ।
Post Views: 280