सुनवल। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवलको तुरिया खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको छ। बिहिबार राती परेको बर्षाका कारण डाइभर्सनमा पूर्ण रुपमा क्षेती पुगेको छ। बाढीले डाइभर्सनमा क्षेती पुगे सङ्गै राजमार्ग समेत अबरुद्ध भएको छ। गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किए पछि अस्थायी रुपमा सवारी साधन संचालनका लागि बेलिबृज बनाइएको थियो । बेलिबृजमा समेत पटकपटक क्षेती पुगे पछि डाइभर्सन निर्माण गरि यातायात सुचारु गरिएको थियो। तत्कालका लागि बैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।बैकल्पिक मार्ग भैरहवा भुमही सडक खण्ड हुँदै प्रयोग गर्न सकिनेछ ।
Post Views: 452