करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरी, २२ जेठ। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ कठौना आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार क्रममा मृत्यु भएको प्रहरीले प्रहरीले जानकारी दिएका छन् ।

मृतक खातुनको शव पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search