बर्षमा १६१ दिन मात्र काम गरि २०४ दिन त बिदा मात्रै लिन्छन कर्मचारी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेपाल सरकारले सरकारी कर्मचारीहरुको तलब वृद्धि गरेको छ । कर्मचारिको तलब वृद्धि त गर्यो तर यता सार्वजनिक बिदा थप हुँदा सेवाग्राहिलाई समस्या नै समस्या देखा पर्न थालेको छ । बार्षिक ३६५ दिनमा सरकारी कर्मचारीले १६१ दिन मात्र काम गर्छन अनि २०४ दिन बिदा बस्छन । कर्मचारीले अब शनिबार र आइतबार गरी १०४, बिरामी १२, पर्व ६ र भैपरी आउने बिदा ६ दिन पाउँछन्।

यस्तै चाडपर्व र दिवसका नाममा सार्वजनिक बिदा त छँदै छन्। यो वर्ष मात्रै कम्तीमा ३१ वटा बिदा राजपत्रमा प्रकाशित छ। असाधारण बिदा र अध्ययन बिदा पाँच वर्षसम्म पनि पाउने व्यवस्था छ। असाधारण बिदा पनि तीन वर्षसम्म पाउने व्यवस्था निजामती सेवा ऐनमा छ। बेतलबी रूपमा पाँच वर्षसम्म कर्मचारीले बिदा पाउने व्यवस्था छ।

शिक्षा क्षेत्रमा पनि विद्यार्थीको पढाइमा यसले ठूलो असर पार्ने देखिएको छ। २ सय १० दिन मात्र पढाइ हुने विद्यालयमा ५२ दिन थप हुँदा १ सय ६८ दिन मात्र पढाइ हुन्छ। यसले शैक्षिक गुणस्तर घट्ने निश्चित छ। केही बिद्यालयले शैक्षिक गुणस्तर कायम राख्न आईतवार बिदा नलिने बताएता पनि सरकारी बिदा कस्ले छोड्ने कस्ले लिने दोधारमा परेका छन बिद्यालयहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...