सरकारको नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्षको बजेट आए मुलुक थप संकटमा जान्छ : केपि शर्मा ओलि

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्षको बजेट आए मुलुक थप संकटमा जाने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै ओलीले आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार बजेट आए मुलुकको आर्थिक क्षेत्र थप संकटमा पुग्ने बताएका हुन्।

ओलीले सरकारको कार्यक्रममा पपुलिस्टक्क, गैरजिम्मेवार, अनुत्तरदायी प्रवृत्ती र अर्थतन्त्रमाथि खेलबाड गर्ने प्रवृत्ती बजेटले पुष्टि गर्ने बताए।

स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेको अध्यक्ष ओलीको आरोप छ। स्थानीय तह निर्वाचनमा सत्तापक्षले धाँधली गरेको भन्दै ओलीले भने,’ सत्तापक्षले निर्वाचनमा धाँधली गर्ने कुरामा नयाँ कीर्तिमान नै भयो। उम्मेदवारलाई थुनेर, बुथ कब्जा गर्दा पनि प्रहरी निरीह भएर बस्यो।’

गठबन्धनले निर्वाचन गर्न नचाहेको तर एमालेको दबाबका कारण स्थानीय तह निर्वाचन सम्भव भएको उनले दावी गरे।

एमालेलाई पत्तासाफ गरिदिने सत्ता गठबन्धनको घोषित नीति नै भएको भन्दै ओलीले एमाले सशक्त पार्टी भएकाले आम निर्वाचनपछि सरकारमा आउने दावी गरे।

ओलीले सरकारको नीति तथा कार्यक्रम गन्तव्यबिहीन र जनता अल्मल्याउने कुरा मात्र भएको बताए।

ओलीले निर्वाचन सम्पन्न हुनेवित्तिकै मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दिएको भन्दै वर्तमान सरकार बनेपछि मुल्यवृद्धिले नकारात्मक कीर्तिमान कायम गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search