कविता-चिठ्ठी
(शिखरिणी छन्द)
भनूँ नेपाली हूँ रगतरङ पानाभरि भरी
हुँला व्यर्थै धर्ती-मल म पनि जन्मेपछि मरी ?
अझै आमा!आफैँ छु म सहिद-भूस्वर्ग-नगरी
पढूँ चिठ्ठीभित्रै! कलियुग कथा आज कसरी ।।१।।
सजाएँ सत्स्वप्ना मनभरि हिजाेका दिन
किन भुलूँ भुल्नै गाह्राे सकिनँ नि स्वदेशी ऋण दिन ।
स्वयंलाई बेची परिचय म मेराे छवि पनि ,
रचूँ चिठ्ठी बाबा! मलिन परदेशी कवि बनी ।।२।।
न मेराे आफ्नै हाे मन धन सबै जीवन पनि
जिऊँ लाग्नै छाेड्याे सुखसहित स्वाधीन म बनी ।
न हाँस्नै सक्छाै झन् न रुँन थुनिँदैछाै घर-चरी दिदी!
गाई भैँसी दिनहुँ पढ चिठ्ठी-भर परी ।।३।।
भनूँ तिम्राे मेराे मनरहर हाे एक सपना
बुझी बुझ्नै गाह्राे दिनहुँ विपना दु:ख छ घना ।
सुनाऊँ सानै छाै धनतन व्यथा हे शिवहरि
दिऊँ चिठ्ठी तिम्राे अनुज कसरी प्रेम नभरी ।।४।।
भयाे के भक्भक्भक् रगत किन उम्लिन्छ दिनहुँ
धरालाई भारी! कपिकवि सरी शङ्कर न हुँ ।
ममा भित्रैभित्रै कति चलिरह्याे द्वन्द्व अहिले
दिऊँ मेराे चिठ्ठी अब स्वमनलाई म कहिले ।।५।।
शंकर ढकाल
तानसेन ,पाल्पा
हाल:- BSM कार्यालय ,नागपुर