सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २२०० विन्दुमा झर्‍यो

सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२०० विन्दुमा झरेको छ। नेप्से घटेसँगै सेयर कारोबार प्रभावित भएको छ।

आज २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर १ अर्ब ३६ करोड ९५ लाख  १३ हजार १९२ रुपैयाँमा खरिदब्रिक्री भयो। २८ हजार ५०६ पटक सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहको सूचक ओरालो लाग्यो।

यसदिन लाइफ इन्स्योरेन्सको सर्वाधिक २.६२ प्रतिशतले सेयर मूल्य घट्यो। होटल एन्ड टुरिजम, हाइड्रोपावर,फाइनान्स र लगानी समूहको सूचक २ प्रतिशत बढीले घट्यो। यस्तै बैंकिङ, ट्रेडिङ, डेभलपमेन्ट बैंक, नन लाइफ इन्सुरेन्स, माइक्रोफाइनान्सको सूचक १ प्रतिशत बढीले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा नविल बैंक अग्रस्थानमा रह‍यो। सो बैंकको ४ करोड बढीको सेयर कारोबार भयो।

दोहोरो अंकले घटेको सेयर बजारमा गुराँस लघुवित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.२० प्रतिशतले मात्रै बढ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search