रोमानियाका नेपालीले अब सिधै ईसेवा वालेटमा पैसा पठाउनसक्ने

काठमाडौं । संसारका दुईसय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको ईसेवा मनी ट्रान्सफर र रोमानियाको पहिलाे मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै अब रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्त तथा इष्टमित्रलाई स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् ।

साथै देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको ईसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ । यसैगरी रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका ईसेवा मनि ट्रान्सफरका १८ हजारभन्दा धेरै एजेण्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ ।

ईसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

हाल ईसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट ईसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउँदा दैनिक रु. ५,००० तथा बम्परमा रु. ५०,००० रुपैयाँ समेत जित्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search