नवलपुरमा नयाँ मतदाता परिचय पत्र यहि बैशाख २८ र २९ गते प्रदान गरिने

कावासोती । नवलपुरमा नयाँ मतदाता परिचय पत्र यहि बैशाख २८ र २९ गते प्रदान गरिने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद सर्माका अनुसार आउदो नयाँ मतदाता परिचयय पत्र बनाएका मतदाताहरुले २८ र २९ गते सम्बन्धित मतदान केन्द्रबाट आफ्नो परिचय पत्र लिने सक्नेछन् । सर्माका अनुसार नयाँ मतदाता परिचयपत्र र नवलपुरका विभिन्न पालिकामा ठाउँसारी गराएर आएका मतदाता तथा पुरानो मतदातामा त्रुटि सच्चाएको मतदाताको परिचयपत्र मात्रै २८ र २९ गते वितरण गरिने छ ।
नवलपुरमा करीब २५ हजार नयाँ मतदाता थपिएको सर्माले बताउनुभयो । मतदाताको संख्या सबैभन्दा बढी कावासोतीमा रहेको छ । त्यसपछि गैंडाकोट, मध्यविन्दु र देवचुली नगरपालिकामा छ भने , गाउँपालिकातर्फ सबैभन्दा बढी बिनयी त्रिवेणीमा छन् । भने, त्यसपछि क्रमशः हुप्सेकोट , बुलिङटार र बौदीकालीमा छन् ।
यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search