नचिनेको मानिसकाे समूहद्वारा उम्मेदवारमाथि खुकुरी प्रहार

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भोजपुरको षडानन्द नगरपालिका साङपाङमा नचिनेकाे मानिसकाे समूहले उम्मेदवारमाथि खुकुरी प्रहार गरेकाे छ ।

गएराति १० बजे वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नचिनेकाे व्यक्तिकाे समूहले कुटपिट गरी खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उहाँकाे टाउकोमा चार टाँका लगाइएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार कुटपिटमा संलग्नकाे खोजी भइरहेको छ ।

घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...