कावासाेती नगरपालिकाले कक्षा १ देखि १० सम्म सामुदायिक विधालयमा अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीलाई निशुल्क पुस्तक वितरण गर्ने

कावासाेती । कावासाेती नगरपालिकाले अङ्ग्रेजी माध्यमका पुस्तक निशुल्क प्रदान गर्ने भएकाे छ । यसै शैक्षिकसत्रबाट कक्षा १ देखि १० सम्म सामुदायिक विधालयमा अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीलाई निशुल्क पुस्तक वितरण गर्ने जनाएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षकाे कार्यक्रम तथा विनियोजन गरेकाे बजेट मार्फत निशुल्क पुस्तक बितरण गर्न लागेकाे ।
नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विधालयमा अध्यन गर्ने विद्यार्थीलाई पठनसहज हाेस भनी निशुल्क पुस्तक बितरण कार्यक्रम अगाडि सारेकाे थियाे । जस अनुसार १ देखि १० कक्षा सम्मकाे पाठ्यपुस्तकको छनोट गरि सुची प्रकाशन गरिएकाे छ।
सम्बन्धित विध्यालयले विध्यार्थी भर्ना भएपछि तोकिएको ढांचाको कुपन उपलब्ध गराई विध्यार्थीले आफुलाई पायक पर्ने पुस्तक पसलबाट निशुल्क पुस्तक प्राप्त गर्न सक्ने कावासाेती नगरपालिकाले जनाएको छ ।
कावासाेती नगरपालिकाले विगत केही बर्ष देखि शिक्षाकाे गुणस्तर सुधारमा लगानि गरिरहेकाे छ ।जस कारण यहाँका सामुदायिक विधालयकाे शिक्षाको गुणस्तर वृद्धि हुदै गएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search