घरको छतबाट खसेर एक जनाको ज्यान गयो

घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ । आफ्नै घरको छतबाट खसेर ठमेल नरसिंह चोकका ६२ वर्षीय न्हुछे नारायण महर्जनको ज्यान गएको हो ।

प्रहरीका अनुसार उनी हिजो आफ्नो घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न गएका थिए । सोही क्रममा दश तलामाथि घरबाट चिप्लिएर भुईमा खस्दा उनी गम्भिर घाइते भएका थिए ।

घाइते उनको शिक्षण अस्पताल महाराजगंजमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search