राजपुर नगरपालिकाको मेयरमा जसले जिते पनि आफताव आलमकै परिवार

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

रौतहटको राजपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका तर्फबाट शेख वकिल अख्तर, नेपाली काँग्रेसका तर्फबाट रजिक आलम, एमाले केन्द्रको तर्फबाट शेख सकिल अख्तर र जनता समाजवादी पार्टी नेपालको तर्फबाट मोहम्म जैद आलम (जैद राजा) ले उम्मेदवारी दिएका छन् ।नीहरु सबै एउटै परिवारका हुन् । उनीहरु सबैका आदर्श भनेकै नेपाली काँग्रेसका पुराना नेता शेख इद्रिस हुन् । शेख इद्रिसका बुवा शेख ल्याकतकै पालादेखि रौतहटमा यो परिवारको राजनीतिक पकड छ । शेख ल्याकतपछि शेख सदिख, शेख जहिर र शेख इद्रिस राजनीतिमा आएका थिए । शेख इद्रिसपछि त्यसको बिँडो मोहम्मद आफताब आलम र मोहम्मद महताफ आलमले थामेका थिए । काँग्रेसका नेता शेख सदिखका छोरा हुन् आफताव आलम र महताफ आलम ।

राजपुर, फरहदवा बमकाण्डको आरोपमा मोहम्मद आफताब आलम र मोहम्मद महताफ आलम अहिले जेलमा छन् । अहिले आफताव आलमका छोरा रजिक आलम राजनीतिमा आएका छन् । उनी स्थानीय तहको चुनावमा राजपुर नगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् ।

सोही परिवारका शेख वकिल माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका छन् । त्यस्तै, शेख इद्रिसका भाइ शेख जहिरका छोरा शेख सकिल अख्तर एमालेबाट मेयरको उम्मेदवार बनेका छन् । उनी अघिल्लो स्थानीय तहको चुनावमा काँग्रेसबाट मेयरमा जितेका थिए । तर यसपटक काँग्रेसबाट आफताब आलमको छोरा रजिकले टिकट पाएपछि शेख सकिल एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।

आफताव आलमका भान्जा हुन् मुस्ताक आलम । उनी एमालेका सक्रिय नेता थिए । उनका छोरा मोहम्मद जैद आलम (जैद राजा) जसपाबाट सो नगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् ।

यसअघि उनी विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम नेपालबाट मेयरमा चुनाव लडेका थिए । त्यतिबेला उनले एक हजार ६९० मत ल्याएका थिए । लोकतान्त्रिक फोरम पार्टी काँग्रेसमा मिसिए पनि उनी भने एमालेमा सामेल भएका थिए । तर चुनावमा एमालेले टिकट नदिने भएपछि उनी रातारात जसपामा आएर टिकट प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...