भारतीय सीमा सुरक्षाबलद्वारा सीमा क्षेत्रमा हवाई फायर

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

मोरङ – भारतीय सीमा सुरक्षाबल (एसएसबी)का जवानले नेपाल–भारतको सीमा क्षेत्रमा तीन राउन्ड हवाई फायर गरेका छन्।

सोमबार दिउँसो विराटनगर महानगरपालिका १८ को इश्लामपुर क्षेत्रमा एसएसबीका दुई जवानले मदिरा पिएर हवाई फायर गरेको खबर आएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

प्रजिअ दाहालले प्रारम्भिक सूचनाअनुसार गोली चलेको भए पनि मानवीय क्षति नभएको खबर पाएको बताए।

दसगजाबाट केही मिटर भारतीय भूमिमा अत्यधिक मदिरा पिएर होहल्ला गर्न थालेपछि स्थानीयसँग भनाभन हुँदा दुवै जनाले सीमाक्षेत्रको दसगजामा करिब तीन राउन्ड हवाई फायर गरेको नेपाली सुरक्षाकर्मीले जनाएका छन्।

सो स्थानमा खटिएका सुरक्षाकर्मीका अनुसार भारतीय भूमिमा मदिरा पिएर अचेत भएका दुवै जनासँग स्थानीयको भनाभन हुँदा हवाई फायर भएको थियो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार भारतीय सुरक्षा जवानले आत्मरक्षा गर्ने क्रममा दुई राउन्ड हवाई र एक राउन्ड जमिनतर्फ प्रहार गरेका थिए। सो क्रममा नेपालतर्फ रहेका स्थानीयबीच भागदौडसमेत मच्चिएको थियो।

गोली प्रहारको आवाजसँगै दसगजा क्षेत्रमा स्थानीयको भीड जुटेको थियो। अन्ततः मदिराको नसामा रहेका दुवै जवानलाई भारतकै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...