चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकको मृत्यु भएको छ । बाघको आक्रमणबाट खैरहनीनगरपालिका वडा नम्बर १३ बस्ने ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको हो ।
जिल्लाप्रहरी कार्यलय चितवनकाअनुसार कुमरोज मध्यवर्ती सामुदायिकवनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको थियो । घटनाको खबर पाउना साथ नेपालप्रहरी,राष्ट्रिय निकुञ्ज र नेपाली सेनासँग समन्वय गरी हात्ती सहितको टोलीले जंगलभित्रखोजतलास गरेको थियो ।
मृतकदाहालको शव बाघले आक्रमण गरेको स्थानभन्दा एक किलोमिटर भित्रबिहान १० बजे घाँटिमा चोटलागेको र दाहिने खुट्टाको तिघ्रा खाएको अवस्थामा फेला परेको चितवनप्रहरीले जनाएको छ।
गैँडाको आक्रमणबाट एक घाइते
आइतबार बिहान ९ बजेको समयमाचितवनको भरतपुर महानगरपालिका वडा नं २८ स्थित गोलाघाट बस्ने ३७वर्षीय मनबहादुर कुमाल गैँडाको आक्रमणबाट घाइते भएका छन् ।
मिस्त्रीकामगर्न कार्यक्षेत्रमाजाने क्रममाउनलाई घरभन्दाकरिब ४०० मिटर पर मकैबारीमा गैँडाले आक्रमण गरी घाइते बनाएको हो । पेटको भागमाभित्रि र खुट्टाको भागमाचोट लागेकाकुमालको उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।