देवचुलीमा कांग्रेस सँगको गठबन्धन बाट बाहिरियो राष्ट्रीय जनमोर्चा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बैशाख १६, नवलपुर । नवलपुरको देवचुलीमा कांग्रेस सँग गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा गठबन्धन बाट बाहिरिएको छ । बैशाख ८ गते नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेको अध्यक्षतामा बसेको बैठकले देवचुली नगरपालिका वार्ड न. १७ बाट १ जना सदस्य ( खुल्ला पुरुष ) र कार्यपालिका मनोनित सदस्य १ दिने निर्णय भएको थियो।

फरक फरक मितिमा गठबन्धनको बिषयमा छलफल गरि सहमति पत्रमा हस्ताक्षर गरेता पनि आज बसेको राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसको छलफलमा नेपाली कांग्रेसले उक्त निर्णय पछि केन्द्रले राजमो सँगको नवलपुरको गठबन्धनको लिस्टमा गैंडाकोट १० मा अध्यक्ष बाहेक अन्य क्षेत्रमा दिने निर्णय नगरेको भन्ने तर्क आएपछी राष्ट्रिय जनमोर्चा गठबन्धन बाट बाहिरिएको हो ।

लगातार गठबन्धनका बिषयमा सकारात्मक देखिएको नेपाली कांग्रेसले पछिल्लो अन्तिम दिनमा आएर आफ्नो सम्झौता गरेको निर्णयलाई बदलेर घात गरेको भन्दै राष्ट्रिय जनमोर्चा देवचुलीका कार्यकर्ता आक्रोश ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...