देवचुली र कावासोतीमा एमाले शुरु गर्यो घरदैलो अभियान

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरु घरदैलोमा जुट्न थालेका छन् । नेकपा एमाले देवचुली १६ र कावासोती तीनले समेत घरदैलो अभियान शुरु गरेको छ । देवाचुली १६ का एमाले कार्यकर्ताहरु आफ्नो वडा वरिपरिका क्षेत्रमा परिक्रमा गरेको हो भने कावासोती वडा नम्बर तीनमा एमालेका वडा अध्यक्षका उम्मेदवार डोरमान गिरीको नेतृत्वमा घरदैलो अभियान शुरु भएको हो ।

कावासोती वडा नम्बर तीन अन्तरगत पुरानो कावासोतीको टोलबाट घरदैलो अभियान शुरु गरिएको वडा अध्यक्षका उम्मेदवार डोरमान गिरीले बताउनुभयो । गत निर्वाचनमा पराजित भएपछि पनि निरन्तर वडाका समस्या समाधानमा लागि रहनुभएका गिरी यस पटक पुन मतदाताको घरदैलोमा पुग्नु भएको छ । ‘वडाको विकासनै हाम्रो एजेण्डा हो, हामी जनताका समस्या समाधानमा सधैँ लागेका छौ’ वडा अध्यक्षका उम्मेदवार डोरमान गिरीले भन्नुभयो ।


वडा अध्यक्ष डोरमान गिरी सहित सबै वडा सदस्यहरु घरदैलोमा हिडेका छन् । ‘घरदैलोमा जाँदा स्थानीय समस्याहरुको पहिचान हुने र भोलिका दिनमा त्यसको सम्बोधनका लागि समेत सहयोग मिल्छ यसैले हरेक जनताले उठाएका कुरा टिपोट गर्दै हिँडेका छौ’ अध्यक्षका उम्मेदवार डोरमान गिरीले भन्नुभयो ।

एमालेको सरकारका हुँदा भएका राम्रा काम ,भोलीका योजना जनतालाई बताउने र फेरी सूर्य चिन्हमा भोट हाली एमालेको सरकार बनाउन अनुरोध गर्ने गरको वडा सदस्यका उम्मेदवार ऋषिराम बस्ताकोटीले बताउनुभयो ।
‘ओली नेतृत्वको सरकार हुँदा विकासले गति लिएको थियो । एमालेले सरकार चलाउँदा विकास र समृद्धिलाई प्राथमिकता दिन्छ, यही कुरा जनतालाई बुझाउदै छौ’ सदस्यका उम्मेदवार बस्ताकोटीले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search