माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ वर्षीय लक्ष्मण राई रहेका छन् । बा ३ ख ६२६५ नम्बरको माइक्रो बसको ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजे भएको सवारी दुर्घटनामा संलग्न माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search