नेपाली काँग्रेस राप्ती-३ बाट वडा सभापति सहित कार्यसमितिको सामूहिक राजीनामा

नेपाली काँग्रेस राप्ती-३ बाट वडा सभापति सहित कार्यसमितिले सामूहिक राजीनामा दिएको छ । आइतबार बेलुकी एक विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरिएको छ । जनचाहना अनुरुप पार्टीले टिकट नदिएको भन्दै समितिले राजिनामा दिएको हो । अर्को दललाई मेयरको पद परेको र काँग्रेसबाट मेयरमा सिफारिस भएका रामेश्वर सिंह वलीलाई उपमेयर पद दिनुपर्नेमा अन्यलाई दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेतृत्वले गलत गर्दा वडा समिति टुलुटुलु हेरेर नबस्ने पनि विज्ञप्तिमा उल्लेख छ । राजीनामा दिनेहरुमा वडा सभापति दिपा सुवेदी पाठक, उप-सभापति तेजलाल पाठक, सचिव राममणी सिलवाल रहेका छन् । त्यस्तै अन्य सदस्य क्षेत्रीय प्रतिनिधि, नगर सदस्य गरेर १५ जनाले राजीनामा घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search