परिवर्तन ‘हिजो र आज’ ( गजल ) – अमृत घिमिरे

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
कस्तो थिएँ म हिजो, आज कस्तो भएको छु
आफै ले आफै लाई परिवर्तित बनाएको छु
यो सारा परिवर्तन तिम्रै खुसी को लागि होइन र ??
कसैको थिइन म हिजो,  आज तिम्रै भएको छु
मेरा बाध्यता लाई पछि छाड्दै अघि बढिन र ??
साथी भाइको भईन म हिजो, आज तिम्रै भएको छु
तिम्रो एक झल्को पाउन कर्म नै दाउ मा राखिन र ??
साहुको नजिक रहिन म हिजो, आज तिम्रै नजिक छु
हजारौ लाई नकार्दै तिम्रो एक मुस्कान मा हासिन र ??
खुसी को साथी भईन हिजो, आज तिम्रै सारथि छु
ठुको स्वर अस्वीकार गर्ने म तिम्रो रिस सम्हालिन र ??
दुनियाको रहिन म हिजो , आज तिम्रो मनमा रहेको छु ।
कस्तो थिएँ म हिजो, आज कस्तो भएको छु
आफैले आफै लाई परिवर्तित बनाएको छु।

अमृत घिमिरे 

कावासोती -१० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...