गजल
बिर्षिए पछि पानी, जमिन गल्न थाल्छ
बिना आगाे याे मन आफै बल्न थाल्छ ।
प्रकृति याे आफै, सुन्दर छ विशाल छ
किन मानव एक आपसमा चल्न थाल्छ ।
पृथ्वी बचाउ पत्रिकामा हर दिन आउँछ
खबर छाप्नकै लागि रुखहरू ढल्न थाल्छ।
कसरी हुन्छ नीतिनियम कडा लेख्छन् विज्ञ
जानेरै हाेला भष्ट्रचारी कानुन छल्न थाल्छ।
कसैलाई राम्रो कसैलाई नराम्रो एउटै कुरा यहाँ
सर्पलाई पनि दूध पिलाउँदा बिष ओकल्न थाल्छ ।
कुशल कडेल
चितवन
Post Views: 272