काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसरमा राखिएको छ ।
प्रहरीका अनुसार निर्वाचन आयोगको पत्रपछि उनलाई पक्राउ गरिएको हो । आयोगले प्रसाईँका अभिव्यक्ति तथा क्रियाकल निर्वाचन बिथोल्ने खालका भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।
Post Views: 8










