कावासोती नगर युवा संजालको आयोजनामा दुई दिने नेतृत्व विकास तालिम सम्पन्न

फागुन २४, कावासोती । कावासोती नगर युवा संजालको आयोजना तथा कावासोती नगरपालिका शिक्षा शाखाको व्यवस्थापनमा संचालित दुइ दिने नेतृत्व विकास,मनोपरामर्श तथा युवा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

फागुन २३ र २४ गते दुई दिन सम्म संचालन भएको कार्यक्रममा बिहिबार उद्घोषण कला सम्बन्धि सेसन प्रशिक्षक किरण भुर्तेलले र युवामैत्री स्थानीय शासन सम्बन्धि सेसन दिपक शर्माले सहजीकरण गरेको अध्यक्ष पवन भुर्तेलले जानकारी दिए ।

कार्यक्रममा दुई दिन सम्म उद्घोषण कला,उत्प्रेरणात्मक मनोपरामर्श तथा युवा मैत्री स्थानीय शासनका विषयहरुमा कार्यशाला सहितको सत्रहरु रहेका थिए । कार्यशालामा सहभागी विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाइ समापन कार्यक्रमको प्रमुख अतिथी कावासोती नगरपालिकाको उप प्रमुख फुलकुमारी थनेतबाट प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष भुर्तेलले आगामी दिनहरुमा समेत युवा संजालले युवामैत्री विभिन्न कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्वता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search