फागुन २१, कावासोती । मेन्टर एजुकेशन कावासोतिले कुमारवर्ती कलेजको खेलमैदानमा आयोजना गरेको मेन्टर कपको दोस्रो क्वाटरफाइनल खेलमा रजहर क्रीकेट क्लब रजहर विजयी भएको छ ।
सोमबार दिउँसो ४ बजे भएको खेलमा लक्ष्मी युवा क्लब देवचुलिलाइ २३ रनले पराजित गर्दै रजहरले सेमिफाइनलमा स्थान पक्का गरेको हो । टस जितेर पहिले व्याटिङ रोजेको रजहरले कुनाल बस्नेतको ३२ बलमा ६८ रनको आक्रमक पारिको सहयोगमा ८ विकेटको क्षतिमा १६५ रनको विशाल योगफल तयार पारेको थियो ।
१६६ रनको विजय लक्ष्य लिएर व्याटिङमा उत्रेको लक्ष्मी युवा क्लबले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १४२ रन मात्रै बनाएपछी रजहरले सहज जित दर्ता गरेको हो ।
खेलमा अर्धसतकिय पारी खेलेर आफ्नो टिमलाइ विजयी बनाउन सफल रजहरका कुनाल बस्नेतलाइ प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले मेडल लगाइदिएर सम्मान गरेका थिए । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल मंगलबार ३:३० बजे कुमारवर्ती कलेजको खेल मैदानमा आयोजक मेन्टर एजुकेशन र राइनो लेक व्याइजका विचमा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते हुने र प्रथम हुने टिमले ५१ हजार १ सय ५५ र द्वितीय हुने टिमले २५ हजार १ सय ५५ सहित ट्रफी प्राप्त गर्ने खेल संयोजक किरण भुर्तेलले जानकारी दिएका छन ।