कावासोती नगरपालिकाको १२ औं नगरसभा सम्पन्न

२०७९ पौष २८, बिहिबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालिकाको १२ औं नगरसभा बिहिवार सम्पन्न भएको छ । कावासोती नगरपालिकाको सभाहलमा भएको नगरसभाले कावासोती नगरपालिकाको जलस्रोत व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पारित गरेको छ । नगरसभा प्रस्तुत भएको जलस्रोत व्यवस्थापन विद्येयक सर्वसम्मत रुपमा पारित भएको हो ।

नगरसभाले कावासोती नगरपालिकाको आर्थिक ऐन ,२०७९ को संशोधन प्रस्ताव समेत पारित गरेको छ । यसै गरि नगरसभाले चालु आर्थिक वर्षको संशोधित बजेट तथा कार्यक्रम समेत पारित गरेको छ ।

नगरसभामा नगर उप प्रमुख फूलकुमारी थनेतले संशोधित बजेट तथा कार्यक्रम र आर्थिक ऐन २०७९ को संशोधन प्रस्तावन नगरसभा समक्ष पेश गर्नुभएको थियो । यसै गरि नगरपालिकाको जलस्रोत व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक विद्यायन समतिका संयोजक तुलसीराम थारुले सभा समक्ष पेश गर्नुभएको थियो ।

नगरसभामा प्रस्तुत भएका प्रस्ताव मध्य केही प्रस्तावमा नगरसभा सदस्यले छलफलमा सहभागि हुँदै आफ्नो सुझाव समेत राखेका थिए ।

नगरसभामा प्रस्तुत भएका प्रस्तावमा छलफलपछि नगर प्रमुख एवं नगरसभा अध्यक्ष विष्णुप्रसाद भुसालले प्रस्तावहरु पासका लागि ध्वनी मत माग्दै पक्षमा हुनेलाई हुन्छ र विपक्षमा हुनेलाई हुन्न भन्न आव्हान गर्नुभएको थियो । नगरसभामा प्रस्तुत भएका कुनै पनि प्रस्ताव माथी हुन्न भन्ने आवाज नआएपछि सर्वसम्मत रुपमा पारित भएको घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search