कावासाेती बासीकाे विकासकाे सपना मर्न दिन्न : विष्णुप्रसाद भुसाल

कावासाेती। नेकपा एमालेबाट कावासाेतीकाे मेयर पदका उम्मेदवार विष्णुप्रसाद भुसालले आफू निर्वाचित भए कावासाेती बासीकाे विकासकाे सपना मर्न नदिने बताउनुभएको छ । कावासाेती ७ काे घरदैलोकाे क्रममा बाेल्दै यहाँका जनताले विकासशील कावासाेती , समृद्ध कावासाेती काे सपना देखेकाे र आफ्नो सपना समेत विकास र समृद्ध कावासाेती निर्माण गर्नु भएकाे बताउदै सुर्य चिन्हमा मत दिएर आफू लगायत एमालेका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयाे ।
कावासाेतीका हरेक क्षेत्रका समस्या बारे आफू अवगत रहेकाे बताउदै निर्वाचित भए हरेक समस्याकाे क्रमशः समस्या गर्दै जाने र समृद्ध कावासाेती निर्माणमा लाग्ने मेयर पदका उम्मेदवार भुसालले बताउनुभयो ।
प्राविधिक शिक्षा ,कृषिमा अनुदान र आधुनिकिकरण , युवालाई स्वराेजगार मुलक व्यवसायमा प्राेत्साहन , स्वास्थ्यमा सबै नागरिककाे सहज पहुँच ,पुर्वाधार विकास लगायतका कार्यमा आफू निर्वाचित भए पछि निरन्तर लाग्ने बताउनुभयो ।
कावासाेती ७ मा वन्यजन्तुको क्षति नियन्त्रण , डुवानमा पर्ने क्षेत्रहरुमा उचित निकास निर्माण , यहाँका बाटाेहरुकाे स्तरिकरण, भुमिहिनहरु लाई पुर्जा वितरण पहिलाे प्राथमिकता भएकाे उहाँले बताउनुभयो । यस्तै टरुवा तालकाे संरक्षण , पर्यटकीय क्षेत्रका रुपमा विकासका लागि समेत आफुले काम गर्ने उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search