देवचुली, आसन्न स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकामा स्वतन्त्रबाट दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । देवचुली नगरपालिका रजहर निवासी २९ बर्षीय अस्विन राज ओझा र प्रगतिनगर निवासी ४२ बर्षीय श्याम शर्मा भुसालको मनोनयन दर्ता भएको छ ।
अस्विन राज ओझा सामाजिक अभियान्ता हुन भने श्याम शर्मा भुसाल जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । दुवैजना स्वतन्त्रबाट देवचुलीको मेयर बागडोर सम्हाल्न मैदानमा उत्रिएका छन् ।
उपप्रमुखमा कन्चन रेग्मी, वडाध्यक्षमा नवराज भुसाल, रेमबहादुर ठाडा मगर, प्रेम प्रसाद भट्ट, ललित बहादुर क्षेत्री बोहोरा, कृष्ण प्रसाद चापागाई, तिलक बहादुर थापा, अनिल बस्ताकोटी, महेशराज आचार्य, होमबहादुर गुरुङ, लिलाधर कंडेल गरि देवचुलीका १४ जनाको उम्मेदवारी परेको छ ।
Post Views: 127