नवलपुर,१० बैशाख
नेकपा एमाले मध्यबिन्दु २ ले रामभक्त अधीकारीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्बसमत निर्णय गरेको छ ।
एमाले मध्यबिन्दु नगरकमिटी पुर्ब उपाध्यक्ष, कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको कार्यसमिती सचीब, कुमारबर्ती मा बि कोल्हुवाको ब्यवस्थापन समिती पुर्ब अध्यक्षसंगै बिभिन्न संघ सस्थाको सफल नेतृत्व गरीसक्नु भएको उहालाई सर्बसम्त रुपमा अध्यक्षको उम्मेदवार बनाइएको एमाले जिल्ला सचिबालय सदस्य तथा मध्यबिन्दु २ का इन्चार्ज सरस्वती पन्थीले नारायणी खबरलाई जानकारी दिनुभयो ।
यसैगरी खुल्ला सदस्यमा बेनीराम थारु, गेनाराम थारु, महिला सदस्यमा नारायणी कार्की र दलीत महिला सदस्यमा शान्ती परियारलाई सर्बसम्त रूपमा उम्मेदवार बनाउने निर्णय गरेको समेत इन्चार्ज पन्थीले जानकारी दिनुभयो ।
Post Views: 102