अर्जुन पौडेल
दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको बद्री पक्षीय राष्ट्रिय महाधिवेशन तयारी समिति छनोट प्रक्रियामा गम्भीर ढिलाइ देखिएको छ । पूर्वप्रकाशित कार्यतालिका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली जुलाई २७ गते साँझ ५ बजे नै सार्वजनिक गरिनुपर्ने थियो । तर आज जुलाई २८ तारिख लागि सक्दा पनि नामावली सार्वजनिक भएको छैन ।
यो लगातारको ढिलाइले कतारमा रहेका नेपाली समुदायमा छनोट प्रक्रियाको पारदर्शिता र समयबद्धतामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । एनआरएनए कतार नेतृत्वबाट यस ढिलाइको स्पष्ट कारण र नामावली प्रकाशनको नयाँ कार्यतालिकाबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । निर्धारित समयमा कार्यतालिका पालना नहुँदा आगामी राष्ट्रिय महाधिवेशनप्रति चासो राख्ने सरोकारवालाहरूमा थप अन्योल र चिन्ता बढेको छ ।
Post Views: 7