कविता : म मै हुँ ।

कविता : म मै हुँ ।

मलाई
अरु जस्तो
हुनु नै छैन
मलाई म
हुनुमा मन पर्छ ।

जस्तो
पातीलाई “फुलपाती” हुनमा
ज्याकारान्डा र गुलमोहरलाई
मौसमी हुनुमा ।

हेर त
हिमाल – हिमाल भएर कति सुन्दर छ,
नदि – नदि भएरै बगिरहन्छ
माछा – माछा भएर कति स्वतन्त्र छ
न सिमा छ , न बन्धन ।

आफू – आफू भएर
बाँच्न जति सुन्दर
अरु के पाईएला र
सँघार बाहिर ?

कवि : सुरेश भट्ट आश्रीन
नवलपुर, हाल कतार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search