सुरेश भट्ट आश्रिन
बग्थ्यो छातिमा मायाको सरिता
म बन्जर बनेको भर्खर भर्खर हो ।
दोहा , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई कतारमा रहेका दुई साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले स्रष्टा अभिनन्दन र सम्मान गरेको हो ।
दोहाको गोरखाली रेस्टुरेन्टको सभाहलमा बुधबार राती भएको अनेसास , नवोदित साहित्यिक रचना वाचन शृङ्खलाको १५८ औं डबली तथा ८९ औं पारिजात जयन्तीको अबसर पारेर ट्रान्जिटमा कतार आउनु भएका साहित्यकार सुवेदीलाई नेपाली दूतावास दोहा कतारका प्रथम सचीव कृशु क्षेत्री, साहित्यिक संस्थाका अध्यक्ष द्वय यादव रेग्मी र सानू थपलियाले स्वागत गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक होमनाथ सुवेदी यसअघि पनि गोधूलि वाङ्गय शिखर , अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वर्ल्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू, राष्ट्रिय पत्रिका परिवार जस्ता विभिन्न संघसस्थाबाट अभिनन्दित भएका छन् ।
नेपाली दूतावासका प्रथम सचीव कृशु क्षेत्रीले होमनाथ सुवेदीद्वारा लेखिएको नन्दादेवी सुवेदी विषयक कृतिको बारे संक्षिप्तमा जानकारी दिँदै उक्त गजल खण्डकाव्य बारे आफुले भुमिका लेख्न पाएकोमा गर्व गर्दै “नन्दनी” पठनिय रहेको बताए ।
दोहामा रहेका दर्जनौं साहित्यकारहरु र विशिष्ट श्रोताहरुको उपस्थितिका विच सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अथिती होमनाथ सुवेदीले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न नेपाली दूतावासले अहम् भुमिका खेल्नुपर्नेमा जोड दिँदै डायसपोरा अन्तर्गतको कतार गजलकारहरुको राजधानी लागि रहेको पुष्ठि गरेका थिए । उनले गजल , कविता र मुक्तक सुनाएर मात्रै नपुग्ने र संस्थागत सहयोगमा पालैपालो साहित्यकारहरुको कृति प्रकाशन गर्दै जान पनि सुझाव दिएका थिए ।
पारिजात जयन्ती , रचना वाचन र अभिनन्दन रहेको साहित्यिक कार्यक्रममा दोहाका साहित्यकारहरुले गजल , कविता , मुक्तक र रचनाहरु सुनाएका थिए भने डि.बी टुहुरोको बाँचिरहेको एउटा जिन्दगी सार्वजनिक गरिएको थियो ।