गोरखा सेवा समाज कतारले दशैं, तिहार मिलन कार्यक्रम गर्ने

सुरेश भट्ट आश्रिन 
दोहा । गोरखा सेवा समाज कतारले दशैं ,तिहार मिलन कार्यक्रम गर्ने भएको छ ।  कतारको दोहाबाट झन्डै ७० किलोमीटर पर दुखान समुन्द्री तटमा समाजले दशैँ ,तिहाइ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।

समाजका अध्यक्ष ओमराज गुरुङ्का भनाइ अनुसार भोलि मिति  १८अक्टाेवर  शुक्रवारका दिन दोहा सदरमुकामबाट पर दुखान समुन्द्रिक तटमा समाजले विगत-झैं गर्दै आएको शुभकामना कार्यक्रम गर्ने भएको सूचना प्रेसित भएको छ ।  संस्थाका संरक्षक तथा समाजसेवी श्रीकृष्ण भट्टराईले सम्पूर्ण गोरखाली तथा गैर गोरखालीहरुलाई भोलि हुने उक्त शुभकामना कार्यक्रममा उपस्थितका लागि आह्वान गरेका छन् ।

यस भेटघाट तथा शुभकामना कार्यक्रमले कतारमा रहेका गोरखाली तथा गैर-गोरखालीहरुको विचमा सद्भाव , सहकार्य , भाइचारा र मौलिक संस्कर संस्कृतीको जगर्ना पनि हुने बुधवल गुरुङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search