होटलको २ लाख खाएर फरार भए लुम बहादुर घिमिरे, प्रहरिमा उजुरी दर्ता

काठमाण्डौं । काठमाण्डौंको होटल कोहिनुर बाट २ लाख बराबरको उधारो खाएर लुम बहादुर घिमिरे नाम गरेका ब्यक्ती फरार भएका छन । गुल्मी घर भएका घिमिरे लामो समय देखि होटल कोहिनुरमै कोठा लिएर बसेको र सोही होटलमै खाना खाने गरेता पनि आज सम्मको कारोवार नमिलाइ फर्जी चेक दिएर फरार भएको होटलका संचालक सुवास शर्मा बताउछन । संचालक शर्माका अनुसार फरार रहेका लुम बहादुर घिमिरेले खाली रहेको अकाउन्टको ५० हजारको चेक काटेर दिएको र अरु पैसा छोरा सँग नगद मगाएर दिने भन्ने सल्लाहमा बेलुका बसेर हिसाब गरौंला भनेर बाहिर निस्किएका घिमिरे १ हप्ता देखि फरार रहेको उनी बताउछन । दिईएको ५० हजारको चेक त छ तर त्यो चेक साट्न जाँदा बैकमा पैसा नै नरहेको भनी फिर्ता भएको होटल संचालकले बताए ।

होटल संचालकले मिडिया सँग फरार रहेका घिमिरे कोरिया जाने भन्दै लामो समय देखि होटलमै बस्दै आएका थिए । बिहान एमबिसि जाने भन्दै बाहिर निस्कन्थे बेलुका होटल आउथे उधारोमै खान्थे रमाउथे । घिमिरेले आफू बस्ने कोठामा कोरिया जाने टिम हो भन्दै अन्य ब्यक्तिहरु पनि ल्याउथे तर हामिले साथी होला भनेर सोधपुछ केही गरेनौ ।फर्जी चेक

 

अहिले लुम बहादुर घिमिरे फरार रहेको सुचना पाए सँगै तिनै उनको रुममा आउने गरेका साथिहरु हाम्रो पनि पैसा खाएर भागेको छ भन्दै आउछन , उनको खोजी गरि सबैको रकम उठाईदिन कानुनी प्रक्रीयामा समेत गएको संचालक शर्मा बताउछन ।

Screenshot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search