मध्यनेपालमा लघुवित्त कर्मचारी मञ्च मध्यनेपाल इकाई गठन

लमजुङ। मध्यनेपालमा लघुवित्त कर्मचारी मञ्च मध्यनेपाल इकाई गठन गरिएको छ । मध्यनेपाल नगरपालिका क्षेत्र वरपरका सम्पूर्ण लघुवित्त संस्थाहरूमा आबद्ध कर्मचारीहरूको भेलाबाट मंगलवार नौ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

कर्मचारीहरूको हकहितको सुरक्षा तथा सदस्यहरूमा जनचेतना फैलाउने उद्देश्यले गठित समितिमा जाल्पा सामुदायिक लघुवित्तका शाखा प्रमुख राजन घिमिरेको अध्यक्षमा चयन हुनु भएको छ । त्यस्तै एन.एम.बि लघुवित्तकी शाखा प्रमुख बबिना राना उपाध्यक्ष, लक्ष्मी लघुवित्तका शाखा प्रमुख दिपक नेपाली सचिव, बिजय लघुवित्तकी शाखा प्रमुख सनिमाया राना सहसचिब, सूर्योदय वोमी लघुवित्तका शाखा प्रमुख देबेन्द्र लम्साल कोषाध्यक्षमा चयन हुनु भएको छ । नेष्डो समृद्द लघुवित्तका शाखा प्रमुख मित्र बहादुर क्षेत्री, महिला लघुवित्तका शाखा प्रमुख चित्र बहादुर बस्नेत ,सि.वाइ.सि लघुवित्तका शाखा प्रमुख निर्मल सुबेदी र जाल्पा सामुदायिक लघुवित्तका अर्जुन गन्धर्व सदस्यमा चयन हुनु भएको बताइएको छ ।

लघुवित्त संस्थाहरूबीच कार्यगत एकता कायम गरी अनुशासित रूपमा लघुवित्त सेवाहरूलाई प्रभावकारी एवम् दिगो बनाई विस्तार गर्ने, नीतिगत तथा संरचनागत समस्याहरूलाई न्यूनीकरणको लागि सहयोग गर्ने गर्दछ । लगानीकर्ताहरुको लगानी सुरक्षाको लागि सरकारले लागू गरेका मौद्रिक नीतिहरु कार्यान्वयन गर्न र जनता माझ लघुवित्त कार्यक्रमलाई प्रभावकारी रुपमा पुर्याउन संस्थाको स्थापना गरिएको हो ।

लघुवित्त संस्थाहरूले विगत लामो समयदेखि उक्त क्षेत्रका जनतालाई बैङ्किङ सुविधा तथा सीपमूलक तालिम प्रदान गर्दै आएका छन् । साथै बैङ्किङ सुविधाबाट वञ्चित भएका जनतालाई समेत घरदैलोमै बैङ्किङ सुविधा दिँदै आएका छन् । गाउँ घरमा छरिएर रहेको स सानो रकमलाई सङ्कलन गरी बचत गर्ने बानीको विकास गराउनुका साथै ग्रामीण क्षेत्रका महिलाहरूलाई व्यवसायमुखी बनाउन र महिला सशक्तीकरणमा समेत लघुवित्त संस्थाहरूले मुख्य भूमिका खेल्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search