सुख्खा पहिरो खस्दा मुग्लिङ-नारायणगढ सडक अवरुद्ध

चितवन, २३ असार । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै सुख्खा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खाेला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानतर्फ पठाइएको र सडक खुलाउन केही समय लाग्ने कार्यालयले जानएको छ । हाल पहिरोमा ढुङ्गाहरु झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो । गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन । आज कालीखोला नजिक सुक्खा पहिरो खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search