सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था गोपिगंजले आगलागी पिडित सदस्यहरुलाई राहत बितरण गर्दै

नवलपरासी । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नवलपरासी गोपिगन्ज शाखा कार्यालयले बीमा दाबी रकम र आगलागि पिडित सदस्यलाई राहत बितरण गरेको छ ।

लघुवित्तले नवलपरासी बर्दघाट सुस्ता पस्चिम जिल्ला बर्दघाट न.पा. वडा १३, मझौनी मा रहेको केन्द्र नं. ७७ कि सदस्य श्री राधिका देबि चौधरिको मृत्यू भएको र बीमाको क्षतिपुर्ति रकम सदस्यको श्रीमान श्री खिलनाथ थारु लाई उपल्बध गराएको हो ।

सदस्य राधिका देबि चौधरिले संस्थाबाट तीन लाख कर्जा लिएकोमा चौधरिको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज तिन लाख मिनाहा गरी कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च ९० हजार तथा तिरेको किस्ता रकम समेत फिर्ता गरी बचतमा रहेको ६ हजार रकम समेत जम्मा रकम ९६००० सिटिजन बैंकको चेक यसै वडाको वडा अध्यक्ष नर बहादुर चौधरी मार्फत निज सदस्यको श्रीमानलाई चेक मार्फत एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक कृष्ण मुरारीलाल मालीले बताउनु भयो ।

साथै यसै सस्थाले बर्षको एक मुस्ट मुनाफाको १% रकम ग्राहक संरक्षण कोषमा राखेको रकम बाट लघुवित्तले नवलपरासी बर्दघाट सुस्था पस्चिम जिल्ला बर्दघाट न.पा. वडा १३, मझौनी रहेको केन्द्र नं. १७२ कि सदस्य श्री सुसिला मुसहर ज्यु को घरमा मिति २०७९/११/३० गते घरमा आग लागि भइ घर पुर्ण रुपले क्षती भएको र उक्त घटनाको जानकारी मिति: २०७९/११/१४ जानकारी भएकोमा निजलाई भएको आज सस्थाको ग्राहक संरक्षण कोष बाट रु: ५२०० / मूल्य बराबरको खाद्य समाग्री र रु : ५०००/- नगद भुक्तानी यसै वडाका वडा प्रमुख नर बहादुर चौधरी द्वारा बितरण गरिएको संस्थाका शाखा प्रबन्धक कृष्ण मुरारीलाल मालीले बताउनु भयो ।

संस्थाले आफना ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search