परदेशमा रहेर पनि अबल्ल मुक्तक लेख्दै तुलसी राम चापागाई ।

तीन मुक्तकहरु :-
१.
यो जिवनमा सतकर्म सिक्ने सिकाउने प्यास हुनुपर्छ ।
आउँछन केहि कठिनाई भ्रम उचित निकास हुनुपर्छ ।।
दिशा स्थान बदल्दा कुनै चीज फरक देखिन्छ पनि,
तर आफ्नो आँखाले देखेको कुरामा विश्वास हुनुपर्छ ।।

२.
आए पीरहरूको हुल यो जिन्दगीमा,
ओइलियो सपनाको फूल यो जिन्दगीमा ।
हारीरहेको छु, दिनरात संघर्ष गर्दागर्दै पनि
खै के भयो म बाट भूल यो जिन्दगीमा ।।

३.
पिडामा पनि मुस्कुराउने ओठ हुनुपर्छ ।
यो जीन्दगिमा केहि गर्ने अठोट हुनुपर्छ ।।
उ ऐनामा घाउको खत हेरेर मुस्कुराउछ,
पक्कै खास मान्छेले दिएको चोट हुनुपर्छ ।।

✍️तुलसी राम चापागाई
गैंडाकोट-१,नवलपुर
हाल: यूएई ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search