अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतले पाठकलाई घुष लेनदेनको मुद्दामा दोषी ठहर गरेको हो। बिहीबार विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलाशले उनलाई दोषी ठहर गर्दै तीन वर्षको कैद सजाय सुनाएको छ।
उनीसँगै भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि दोषी ठहर गरेको छ।
दुवै जनालाई तीन वर्ष कैद सजाय सहित ३९ लाख जरिवाना तोकेको छ। पाठक र न्यौपानेबीच ७८ लाख रुपैयाँ घुस लेनदेन भएको अडियो सार्वजनिक भएको थियो।
Post Views: 141