कावासोती खानेपानी संस्थाको अध्यक्षमा दिपकराज लम्साल विजयी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा दीपकराज लम्साल निर्वाचित भएका छन् । नवौं अधिबेशनमा मतदान प्रक्रियामार्फत नयाँ नेतृत्व चयन भएको हो । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र खानेपानी संस्थाको सेवाक्षेभित्र पर्ने ६ वटा वडाबाट वडा प्रतिनिधि ६ जना तथा दलित र जनजातिबाट १–१ जना सहित ११ सदस्यीय सञ्चालक समिति र एक लेखा संयोजक, खुल्ला सदस्य र महिला सदस्य सहित ३ सदस्यीय लेखा समितिमा भएको निर्वाचनमा अधिकांश लम्साल प्यानलका उम्मेदवार विजयी भएका छन् ।

संस्थाको उपाध्यक्षमा विन्दु ढकाल पराजुली, सचिवमा ज्ञानेन्द्र न्यौपाने निर्वाचित भएका छन् । यस्तै, वडा नं. २ मा आत्माराम चापागाई , ३ मा विनय अधिकारी, ५ मा प्रकाश भण्डारी, ६ मा निमप्रसाद पाण्डे, ८ मा विष्णुप्रसाद पोख्रेल र ९ मा चण्डीकाप्रसाद भण्डारी निर्वाचित भएका छन् भने जनजाति महिला सदस्यतर्फ मिना कुमारी राना, दलित महिला सदस्य विर्सना सुनार विजयी भएका छन् ।

लेखा संयोजकमा दिपेन्द्र न्यौपाने, सदस्यमा यात्माराम न्यौपाने र नारायणी न्यौपाने निर्वाचित भएका छन् ।

खानेपानी संस्थाको निर्वाचनमा एमालेका लम्साल र काँग्रेसका शिवप्रसाद भटराईको नेतृत्वमा प्यानल निर्वाचनमा होमिएको थियो । यसपटक खानेपानी निर्वाचनमा एकातिर एमाले, माओवादी केन्द्र, राप्रपा र नेसपाको गठबन्धन बनेको थियो भने अर्कातर्फ नेपाली काँग्रेस र रास्वपाबीचको गठबन्धन थियो ।

निर्वाचनमार्फत संस्थाको नवौं सञ्चालक समितिमा काँग्रेसबाट ३ जना सदस्य निर्वाचित भएका छन् । काँग्रेसबाट वडा नं. २, ६ र ८ का वडा प्रतिनिधि सदस्य निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...