नवलपुर । नवलपुरलाई दरिलो नेताको खाँचो भएको नवलपुर क्षेत्र नं.१ का स्वतन्त्र युवा प्रतिनिधि सभा सदस्य चित्र ध्वज जि.सीले बताएका छन । बिहिबार देवचुली १७ मा रहेको टाईगर रिसोर्टमा पत्रकार सम्मेलन गर्दै नवलपुर विकासको निमित्त दरिलो नेताको खाँचो भएको जि. सीले बताए । उनले सम्मेलनकै क्रममा यदि स्वतन्त्र रुपमा काम गर्ने कोहि नेता हुन्थ्यो भने नवलपुर अहिले नेपालकै सर्वोकृस्ट पर्यटन क्षेत्रको रुपमा परिचित हुने बताएका हुन।
उनले आफ्नो नेतृत्व किन र के का लागि भन्ने प्रश्नमा पार्टी बाट नवलपुरको विकास सम्भव रहने नदेखे पछि आफू स्वतन्त्र रुपमा उठेको र स्वतन्त्र रहि विकासको गति बढाउन आफुले कदम चाल्ने उनी बताउछन । जि.सीले आँफू निर्वाचित भएपछि नवलपुर जिल्लालाई सक्षम जिल्ला बनाउने बताएका छन् । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद, भौतिक तथा पूर्वाधार विकास साथै युवा व्यवस्थापन र रोजगारमा आफ्नो बिशेष ध्यान रहने समेत बताएका हुन् । उनले नवलपुर क्षेत्र नं १ को विभिन्न समयमा विभिन्न परिर्वतन भएपनि यस ठाउँको माग अनुसार सक्षम युवा नेतृत्व नपाउँदा पछि परेको बताउँदै आफ्नो उम्मेदवारी युवा पलाइन रोक्न रहेको बताएका हुन् । यदि युवाले आफैले सीप सिक्न पाउने र आफैले केही गर्ने मौकाको ब्यबस्था पाएको भए बिदेशिनु नपर्ने बताउदै उनले आफ्नो कार्यकाल एक पटक भन्दा नरहने र अर्काे निर्वाचनमा अर्काे नयाँ युवालाई हस्तान्तरण गर्ने रहेको बताएका थिए ।
घर घरमै उत्पादन भएका पेय पदार्थले नेपालमा ठाउँ पाउन नसकेकोमा अब आफुले जितेमा त्यस्ता पेयपदार्थलाई ब्रान्ड बनाई आयाअर्जन र नवलपुरमा स्वरोजगारको ब्यबस्था सृजना गर्न सकिने र त्यस्ता ब्रान्डलाई अन्य क्षेत्रमा बेचबिखन गरि बेरोजगार युवाहरुलाई पनि स्वरोजगार युक्त बनाउन सकिने उनले बताए ।
जित सुनिश्चित छ, जनताले पार्टी बाट आसा मारेका कारण नै आफू स्वतन्त्रमा उठेको बताउदै जि.सी मंसिर ४ मा आफ्नो मत बलियो बनाउन सबैलाई क्रस खुकुरी चिन्हमा मतदान गर्न सम्पुर्ण मतदाताहरुलाई आग्रह गरेका थिए ।