देवचुली। देवचुली मा.वि.मा १४ औं देवचुली नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज बाट सुरु भएको छ । उक्त प्रतियोगितामा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । देवचुली नगरपालिकाको आयोजना र देवचुली मा. वि. को सह–आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता आजबाट सुरु भई कार्तिक ६ गते समापन हुने भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत देवचुली नगरपालिका भित्रका १२ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका नगर प्रमुख हरि प्रसाद न्यौपानेले बालबालिकाको जीवनमा खेल आवश्यक रहेकाले आगामी दिनमा नगरपालिकाले खेललाई बढि प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु ल्याउने बताउनुभएको थियो ।
उहाँले विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्दै आएका विद्यार्थीहरुलाई आफ्नो कौशल निर्धक्क भएर देखाउन समेत आग्रह गर्नुभएको थियो । बालबालिकाहरुका निमित्त नगरप्रमुखको ठाउँ बाट के गर्न सकिन्छ सँधै तत्पर रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका उप–प्रमुख पार्वता तिवारी, देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, देवचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका, विद्यार्थी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता देवचुली माध्यमिक विद्यालयका व्यवस्थापक अध्यक्ष सुर्य प्रसाद न्यौपानेले गर्नुभएको थियो । खेलकुद विकास समिति देवचुलीका अध्यक्ष सुवास ओझाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कुल प्रसाद पौडेलले गर्नुभएको थियो । प्रतियोगिता बुधबार बिहान ८ बजे देखि देवचुली मा.विको खेलमैदानमा सुरु हुनेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।