निहारीका प्रकरणमा आरोपी युवक समातिए

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

३१ साउन २०७९
काठमाडौं । निहारिका राजपुतलाई बलात्कार गरेको आरोप लागेका युवकलाई प्रहरीले नियन्त्रणा लिएको छ। धनुषाका शिवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। राजपुतले श्रेष्ठले आफूलाई बलात्कार गरेको र बच्चा भएको आरोप लगाउँदै आएकी छिन्।

जिल्ला प्रहरी कार्यालय धनुषा र काठमाडौं उपत्यका अपराध कार्यालयको संयुक्त टोलीले युवकलाई धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले बताए।

केही दिनअघिमात्र राष्ट्रपति भवन अगाडि निहारिकाले आत्मदाहको प्रयास गरेकी थिइन्।

शुक्रबार दिउँसो शीतल निवासअघि उनले आत्मदाहको प्रयास गरेकी थिइन्। तर, प्रहरीले समयमा उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको थियो।

यसअघि बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडे पनि आफ्नो मागको सुनुवाइ नभएको भन्दै पुनः न्याय माग्दै हिँडिरहेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...