चितवनमा श्रीमतीले मासु काटने अचानाे टाउकाेमा प्रहार गर्दा श्रीमानकाे मृत्यु

चितवन – श्रीमतीकाे कुटपिटबाट श्रीमानकाे मृत्यु भएको छ।

भरतपुर उपमहानगरपालिका -२१ पार्वतीपुर बस्ने ५४ वर्षीया श्रीमती बिनमाया विकले ५६ वर्षीय श्रीमान टिकाराम विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

टिकारामकाे टाउकोमा गम्भीर चोटका लागेपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको र उनी मंगलबार अपराह्न आफ्नै कोठामा मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

सोमबार बिहान १० बजेतिर श्रीमान श्रीमती बीच झगडा हुँदा मासु काटन प्रयाेग गर्ने अचानोले टाउकोमा प्रहार गरेकाे
खुलेकाे र श्रीमती बिनमायालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरू गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search